आर्थिक

राष्ट्रिय वाािण्ज्य बैंकको पोइन्ट अफ सेल र क्यु आर कारोबारमा क्यास ब्याक अफर


९ असोज, काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale (POS) को माध्यमवाट प्रति कारोबार रु.१,०००।– वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।

यो योजना आगामी २०७९ असोज १० गते देखि २०७९ कार्तिक १३ गतेसम्म लागु हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको OPS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै OPS मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यस अन्तर्गत ३ देखी ५ पटकको Card Swipe मा ५प्रतिशत अधिकतम क्यास ब्याक वा रु.५००।–, ६ देखी १० पटकको ऋबच Card Swipe मा १० प्रतिशत अधिकतम क्यास ब्याक वा रु.७५०।–, ११ देखी १५ पटकको ऋबचम क्धष्उभ Card Swipe मा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा रु.१,०००।– मध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने छ ।
यसैगरी, आगामी २०७९ असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी QR Code स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा रु.१००।– जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन
काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।