आर्थिक

सन्राइज बैंकको १५औं वार्षिक उत्सवको अवसरमा साइकल ¥याली र रक्तदान कार्यक्रम

९ असोज, काठमाण्डौ । बैंकिङ्ग क्षेत्रमा विश्वासिलो बैंक बन्न सफल भएको सन्राइज बैंकले स्थापनाको १५औं वर्ष पुरा गरेको छ ।

बैंकले १५औं वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा साइकल ¥याली गरेको छ । स्वच्छ वातावरण
स्वस्थ जिवन भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरिधारा स्थीत सन्राइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौ र ललितपुरका बिभिन्न टोल हुदै पुःन प्रधान कार्यालयमै आएर समापन भएको थियो । ३५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रुपमा जीवन बाच्न सन्देश समेल दिएको
थियो ।

यसैगरी सन्राइज बैंकले आश्विन ९ गते आइतवार रक्तदान कार्यक्रम समेत गरेको छ । विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु गरी आफ्नो १५ औं वार्षिक उत्सव मनाइरहेको सन्राइज बैकले ८ लाख भन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बैंकिङ्ग, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम वाट सेवा प्रधान गर्दै आएको छ ।