आर्थिक

हिमाल दोलखा हाईड्रोपावरको हकप्रद शेयर विष्काशनका लागि विक्रि प्रवन्धक नियुत्ति

१० असोज, काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा विक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा यहि असोज ९ गतेका दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा विक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हिमाल दोलखा हाईड्रो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस हिमाल दोलखा हाईडो पावर कम्पनीको हालको पुँजी १,६०,००,००,००० को प्रति शेयर अंकित रु १००/– को दरले १ कित्ता शेयरको ०.७५ प्रतिशत को अनुपातमा १,२०,००,०००/– कित्ता हकप्रद शेयर निकाष्शन गर्ने छ । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।