राजनीति

काँग्रेस सभापति देउवा बिरुद्ध विशाल शान्तीपूर्ण धर्नामा डा. शेखर पक्ष (तस्विरहरुसहित)

१२ असोज, काठमाडौं । नेपाली काँग्रेसको डा शेखर केईराला पक्षले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना कार्यक्रम राखेको छ ।

समानुपातिकको बन्द सूचीमा कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना कार्यक्रम राखेको हो । नेपाली काँग्रेसका नेताहरु गुरुराज घिमिरे, जगदश्वरनरसिंह केसीलगायत सयौंको उपस्थिति थियो । नेबिवसंघका पूर्व अध्यक्षसमेत रहेका घिमिरेले आफुहरुलाई गठबन्धनका नाममा पेलेर लाने परप्परा रहिरे आफु चितवन ३ बाट निर्बाचन लड्दै माओबादी अध्यक्षन पुष्पकमल दहाललाई हराउन पछि नपर्ने बताएका थिए । प्रधानमन्त्री एबम् काँग्रेस सभापति शेरबहादुर देउवा पक्षले मिलेर अगाडी बढ्ने बताएपनि कसरी अगाडी बढ्ने बाटो दिएको छैन । समानुपातिकमा डा कोईराला पक्षलाई नसमेटेपछि उक्त समूह देउवासँग क्रुद्ध छ । तस्विरहरु