राजनीति

राप्रपा अध्यक्ष लिंदेनसंग रबिन्द्र मिश्रको एकीकरण, मिश्र बने बरिष्ठ उपाध्यक्ष

१२ असोज, काठमाडौं । राप्रपाको बरिष्ठ उपाध्यक्षसहित राजेन्द्र लिंदेन र रविन्द्र मिश्र मिलेका छन् ।

आज काठमाडौंको एक कार्यक्रममा राप्रपा अध्यक्ष रबिन्द्र मिश्रलाई उपाध्यक्षसहित अध्यक्ष लिंदेनले राप्रपामा भित्र्याएका छन् । विवेकशील साझा पार्टीको अध्यक्ष हुँदै उक्त पार्टीको साधारण सदस्यबाटसमेत राजीनामा दिएका मिश्रले काँग्रसमा भन्दा आफूमा बिचलन आएको भन्नु गलत भएको तर्क गरे । केही समयदेखी विचारभन्दा माथी देश भन्दै राप्रपाको एजेण्डा राजसंस्था र हिन्दु धर्मको एजेण्डालाई आत्मासाथ गर्दै नेता मिश्र वकालत गरिरहेका छन् ।