आर्थिक

सनराईज क्यापिटलद्वारा २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय

१२ असोज, काठमाण्डौ । सनराईज क्यापिटल लिमिटेडको संचालक समितिको मिति १२३ औँ बैठकबाट कम्पनीको आर्थिक वर्ष
२०७८/२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौ वार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात वितरण गर्ने जनाइएको छ ।
कम्पनीले हाल शेयर निष्काशन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी ब्यवस्थापन सेवा(PMS), शेयर प्रत्यभूति लगायत सनराईज सामूहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्युचुल फण्ड र सनराईज ब्लुचीप फण्ड गरी २ वटा बन्दमूखी योजना संचालन गरी आएको ५ भने निकट भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भए पश्चात थप १ बन्दमूखी सनराईज फोकस्ड इक्युटि फण्ड संचालन गर्ने योजना रहेको छ ।