आर्थिक

जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन

१२ असोज, काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड विजया दशमीको पहिलो दिन अर्थात घटस्थापनाको पावन अवसरमा थप ३ शोरुमको उद्घाटन गरेको छ ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रा.ली, बुढानिलकण्ठ नगरपालिकाका मेयर श्रि मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रा.ली, र जिल्ला उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष श्रि टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल टे«डिङ्ग गरि ३ शोरुम एकै दिन उद्घाटन गरिएको हो ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।