आर्थिक

सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना

१३ असोज, काठमाण्डौ । नेपालीहरुको महान चाड वडा दशैंं र तिहारको अवसरमा, सानिमा मोबाइल बैंकिङ्ग सेवा
प्रयोग गरी QR Code मार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रदान गर्नेछ ।

यो योजना २०७९ आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागु हुनेछ । यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम.
संचालनमा रहेका छन्