आर्थिक

स्मार्ट क्युआर तथा नेपाल पे क्युआर बीच अन्तरआबद्धताको थालनी

१४ असोज, काठमाण्डौ । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच नेशनल पेमेन्ट स्वीच मार्फत QR अन्तरआबद्धता कायम गर्नका निम्ति आज एक औपचारिक कार्यक्रम बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा SCT तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु तथा एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिह प्रधानले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारी , SCT तथा एनसीएचएलका सञ्चालक समितिका सदस्यहरु एवम् मिडिया तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
SCT तथा एनसीएचएल बीचको यो सम्झौतालाई QR अन्तरआबद्धताको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गाको रुपमा लिइएको छ । यसले त्तच् सम्बन्धी भुक्तानीलाई थप प्रोत्साहन गर्ने
विश्वास गरिएको छ । उक्त सम्झौता पश्चात स्मार्ट क्युआर उपलब्ध रहेका मोबाईल बैंकिङ्ग वा वालेटका ग्राहकहरुले NEPALPAY QR का मर्चेन्टहरुलाई QR स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । त्यसै गरी NEPALPAY QR उपलब्ध रहेका मोबाईल बैंकिङ्ग, वालेट वा कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्युआरका मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् । यसरी ग्राहकहरुलाई दुबै नेटवर्क भित्रका QR सम्बन्धी भुक्तानी गर्न सहज हुने छ भने बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि छुट्टै मर्चेन्ट आवद्ध गराउन आवश्यक हुने छैन । हाल NEPALPAY QR हजार भन्दा बढि र स्मार्ट क्युआर मा १ लाख ६० हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध रहेका छन् ।

नेपाल क्लियरिङ्ग हाउस लि ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी NEPALPAY QR सञ्चालनमा ल्याइएको हो । QR स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त NEPALPAY QR ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । नेशनल पेमेन्ट
स्वीचका निम्ती हाल हाल सम्म ५७ वाणिज्य बैंक , ५ विकास बैंक १२ फाइनान्स कम्पनी तथा १३ भुक्तानी सेवा प्रदायकहरुले सम्झौता पनि गरिसकेका छन् ।

बिगत २० वर्ष देखि नेपाली मन र मुटुमा राज गर्दै आएको स्मार्टच्वाईस टेक्नोलोजिजले SCT UPI कार्ड, स्मार्ट क्युआर, फास्ट बैंकिङ्ग, SCT nPay लगायतका भुक्तानी सुविधा प्रदान गर्दै आएको छ । SCT ले वाणिज्य बैंक , विकास बैंक, फाइनान्स कम्पनी तथा भुक्तानी सेवा प्रदायक लगायत विभिन्न संस्थाहरुलाई भुक्तानी सम्बन्धी विभिन्न माध्यमहरु प्रादान गर्दै आएको छ ।