आर्थिक

दनुवार बस्तीमा घरैपिच्छे धारा र शौचालय

१५ असोज, चौतरा । मनकुमारी दनुवारले आफ्नो जीवनको ५० वसन्त भालेको डाकोसँगै पानी लिन खोलामा पुगेर बिताए ।

तर हिजोआज भने उनलाई पानीको कुनै चिन्ता छैन । जतिबेला चाहिन्छ, उति बेला घरको आँगनमा भएको धारामा गएर पानी थाप्छन् उनी।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको दनुवार बस्तीको जीवनशैली अचेल यही कारणाले फेरिएको छ । त्यहाँको प्रत्येक घरमा खानेपानी, शौचालय र धुँवा रहित चुल्हो बनाउने लहर चलेको छ । मेलम्ची नगरपालिकाको कारण यो सम्भव भएको हो ।
एक सय २० घरधुरीमा खानेपानीको धारासँगै शौचालय पनि बनाइएपछि गाउँमा सरसफाइ पनि भएको छ । कालू दनुवारले भने, “हाम्रो त सपना पूरा भएको छ”, उनले खुसी पोखे, “म यहीँ गाउँमा हुर्किया हुँ, यस्तो होला भनेर त सोचेको पनि थिइन् । सपना जस्तै भयो ।” खानेपानीवाट सुरु भएको अभियान, बाटो–घाटो सरसफाइ गर्न होस् या पहिरो रोकथाममा पनि विस्तार भएको छ । “अब शिक्षा, स्वास्थ्य, चेतना जागरण हुँदै सिङ्गो बस्ती परिवर्तनको लागि सामूहिक प्रयास सुरु गरिनेछ”, मेलम्ची नगर उपप्रमुख उमा प्रधानले बताए ।