राजनीति

मंसिर ४ गतेको निर्बाचन नलड्ने डा भट्टराईको घोषणा, हार्ने डरले भागेको बौद्धिक बृतको आरोप

१७ असोज, काठमाडौं । पुर्व प्रधनमन्त्री डा बाबुराम भट्टराईले आफु मंसिर ४ गतेको प्रतिनिधि सभा निर्बाचन नलड्ने बताएका छन् ।
उनले फेसबुकमार्फत सार्बजनिक गर्दै आफु निर्बाचन नलड्ने भएपनि राजनीतिबाट टाढा रहेको भन्ने नबुझ्न पनि भनेका छन् ।
माओबादी केन्द्रसँग तालमेल गरेर निर्बाचन लड्न लागि परेको डा भट्टराई पछिल्लो समय निर्बाचनमा आफुपनि बढारिन सक्छु भन्दै युवाहरुले हराउन सक्ने बताउँदै हिँडेका थिए ।
अर्थमन्त्री हुँदा केही पपुलर भएका डा भट्टराई प्रधानमन्त्री बनेपछि उनको जनतासँगको लोकप्रीयता खस्किँदै गएको थियो । माओबादी केन्द्र छाडेर नयााशक्ती, जसपालगातका पार्टी निर्माण गर्दै हिँडेका डा भट्टराई पछिल्लो समय उनको पुराना अध्यक्ष पुष्पकमल दहालसँग नजिक हुँदै गएका छन् । डा भट्टराईलाई निर्बाचन हार्ने डरले निर्बाचन नलडेको बौद्धिक बृतको आरोप छ ।
डा भट्टराईको भनाईः

प्रिय गोरखा,
२०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण गोरखाली बुबाआमा,दिदीबहिनी,दाज्यूभाइहरूमा अन्तःहृदयैदेखि आभार ब्यक्त गर्दछु।
आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहॉहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।
मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बॉकी छन्। बॅकीरहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।
२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पएॅ। आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु।
चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन१ कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन। तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु।
म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहॅा साथमा हुनेछु।
आसन्न वडादशै,तिहार,नेपाल सम्वत् नयॉ वर्ष लगायतका सबै पर्वहरूमा हार्दिक शुभकामना !