१७ असोज, काठमाडौं । नेपाली काँग्रेसतर्फबाट राष्ट्रपति डा रामबरण यादबका डा चन्द्रमोहन यादबलगायतले आज निर्बाचन आयोगको बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । डा शेखर कोईराला पक्षबाट नाम पारेका भनिएका डा यादबको नाम पछाडी पारिएको र क्षेत्र समेत फरक पारिएको भन्दै उनले नाम फिर्ता लिएको बिज्ञप्तीमार्फत जानकारी दिएका छन् । सामानुपातिक तर्फको नामांकन फिर्ताको समय आज दिउँसो १२ बजेसम्म थियो ।
डा यादबसहित काँग्रेसबाट ४ जनाले नाम फिर्ता भएको बताईएको छ ।
उनले भनेका छन्ः सम्बन्धमा (प्रतिनिधिसभा क्षेत्र धनुषा (४), मैले प्रतिनिधिसभाको सदस्यको लागि आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनमा पार्टीको निर्देशन अनुसार सामानुपातिक तर्फ नामांकन गरेको थिएँ। तर पार्टीले कायम गरेको विधि विपरित मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरियताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेश गरिएकोले म आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु। मेरो उम्मेदवारीलाई मधेसी समूहमा क्र।संख्या २ नं. को सट्टा ३ नं. मा राखिएको मेरो जानकारीमा आएको छ। धन्यबाद। जय नेपाल।






