२० असोज, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईराला पक्षको बैठक अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा बसिरहेको छ ।
समानुपातीकमा सूची परिवर्तनपश्चात रणनीति बनाउनलगायतका लागि डा कोईराला पक्षको बैठक बसेको डा कोईराला निकट नेताले सर्यखबरलाई बताए।
१६५ वटै क्षेत्रमा बिद्रोही उम्मेद्वार खडा गर्ने बताएका युवा नेता गुरुराज घिमिरेले आन्दोलनको दोबरियताका नेताको नेतृत्व गरिरहेका छन् । पार्टी कार्यालयमा धर्नालगायतका कार्यक्रम यसअघि नै नेता घिमिरे, जगदीशवरनरसिंह केसी लगायतको नेतृत्वमा भईसकेको छ ।
दशैंका कारण दैनिक बैठक बस्न नसकेको भएपनि बिजयादशमीको भोलीपल्ट आजबाट उक्त समूहको बैठक तीब्र रुपमा बस्न लागेको बताइन्छ ।
प्रतिनिधि सभा प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ताको समयसमेत तीन दिनमात्र बाँकी छ । डा कोईराला पक्ष नयाँ रणनीति बनाएर अगाडी बढ्ने संकेत उक्त समूहका नेताहरुले दिएका छन् ।





