राजनीति

टोखा चुनावी अभियानमा युवा नेता प्रदीप पौडेलले भनेः बिजय भए भ्रष्टाचार अन्त्य गर्नेछु

२९ असोज, काठमाडौं । काठमाडौंको टोखा २ स्थीत चुनावी अभियानमा काँग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेद्वार प्रदीप पौडेलले संबोधन गरेका छन् ।
लोकप्रीय नेता पौडेलले सम्बोधनमा भनेका छन्ः

‘‘हामीले ‘बीसीडी’ भनेका छौं।
बि भनेको ब्रोन ड्रेन। नेपालका ग्रामिण बस्तीका युवाहरु मलेसिया जानुभएको छ। दुबई र कतार गएर ८०–८५ तलामा रंग लगाएर आफूलाई जोखिममा पर्नुभएको छ। काठमाडौंका युवा पढेर, योग्य भएर नेपालमा आफ्नो योग्यता प्रयोग गर्न नपाएका कारणले विदेशमा गएर बस्नु परेको छ। नेपालमा वौद्धिक पलायनताको स्थिति छ। ब्रोन ड्रेनको समस्या छ। एउटा नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यले बनाउन सक्छु पर्छ। हामीले त्यस खालको नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्नेछौं।
सि भन्नाले करप्सन। यो ढंगको करप्सन विकसित हुँदै गयो, करप्सनको स्थिति यस्तै रह्यो भने राजनीतिले डेलिभर गर्न सक्दैन। राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरुले करप्सनमा संलग्न हुने, करप्सन गर्नेहरुलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको पनि विश्वास जाग्दैन। त्यसैले हामीले भ्रष्टाचार अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छौं।
डि भन्नाले डेभलपमेन्ट। डेभलेपमेन्टमात्र होइन त्यसको म्यानेजमेन्ट पनि आवश्यक छ। व्यवस्थित ढंगबाट डेभलपमेन्टलाई अगाडि बढाइयो भने कम खर्चमा धेरै उपलब्धीहरु हासिल गर्न सक्छौं। यी तीन कुरा हाम्रा प्रधान विषयहरु हुन्। म यहाँहरुको बीचमा प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’’