आर्थिक

रुपन्देहीमा गलत कार्य गर्ने एजेन्ट बिरुद्ध प्रहरीमा उजुरी दिएका छौंः माछापुच्छ्रे बैंक

२९ असोज, काठमाडौं । रुपन्देहीमा स्थानीयको रकम हीनामिना सम्बन्धमा माछापुच्छ्रे बैंकले ध्यानाकर्षण भएको जनाएको छ ।
बैकले स्थानीयको हीतका लागि निरञ्जन पाठक र सिकन्द्र ठाकुरलाई प्रतिनिधि तोकेपनि उनीहरुले गैरकानूनी रुपमा रकम संकलन गरेको स्वीकारीसकेको र प्रहरी कार्यालयमासमेत निबेदन दिईसकेको जनाएको छ ।
केही पत्रपत्रिकामा आएका समाचारहरुप्रति गम्भीर भएको भन्दै बैंकले राष्ट्र बैंकको अनुमति अनुसार कार्य गरिए पनि तत्कालका लागि त्यसप्रकारका सबै सेवा बन्द गरिएको जनाएको छ ।