आर्थिक

सानिमा थ्रि इन् वान खातामा सि–आस्वा तथा मेरो शेयर सुबिधा थप

३१ असोज, काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान
गर्न 3 in 1 खाताको प्रणाली परिष्कृत (Upgrade) गरेको छ ।

ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै 3 in 1 खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, Demat खाता र Trading खाताका साथै C-ABA(Centralized Application Supported by Blocked Amount) र मेरो शेयरको आवेदन पनि दिन सकिनेछ । साथै, 3 in 1 portal को Dashbosrd मा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ । खाता भइसकेका ग्राहकले समेत यसबाट C-ASBA तथा मेरो शेयरको सुबिधा लिन सकिनेछ ।
सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट शेयर खरिद र बिक्री गर्न सकिनेछ । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइट www.sanimabank.com बाट 3 in 1 account मा click गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ
। IPO मार्फत् शेयर खरिद गरेका ग्राहकहरु समेत केही प्रकृयाहरु पुरा गरी सानिमा 3 in 1 खाता मार्फत सजिलै शेयर बिक्री गर्न मिल्ने सुबिधा यस खातामा रहेको छ ।
सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।