राजनीति

निर्बाचनमा बिजय भए पहिलो काम नै भ्रष्टाचारको अन्त्य गर्न पहल गर्नु हुनेछः उपसभापति गुरुङ

१ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले आफू बिजयी भए पहिलो कार्य भ्रष्टाचार बिरुद्ध लागिपर्नु रहने बताएका छन् ।
आज स्याङ्जा क्षेत्र नम्बर २ को प्रचार प्रसार कार्यक्रममा बोल्दै आफुले नेपालमा झुपडीमा बस्नेदेखी बिदेशमा पलायन हुने नेपालीले सामान्य औषधी खानसमेत समस्या हुने अवस्थाको अन्त्य गर्न सबैभन्दा पहिला भ्रष्टाचारको अन्त्य हुनुपर्ने बताएका छन् ।
नेपाली काँग्रेसलाई मतदान दिएर गरिबी घटाउने कार्य गर्न सहज हुने भन्दै पहिलेदेखी नै आफु भ्रष्टाचारको बिरोधी भएको बताए । उनले भ्रष्टाचारको अन्त्य नगरी दिगो बिकास हुन नसक्ने दाबीसहित जनताको रगत पसिना चुसेर हिँड्ने जनप्रतिनिधिलाई बहिस्कार गर्नुपर्ने बताए ।
नेपाली काँग्रेसले स्याङ्जा श्रेत्र नम्बर २ बाट टिकट दिएपछि उनी जिल्लामा नै मत माग्न पछिल्लो समय ब्यस्त देखिएका छन् ।