राजनीति

गाउँबाट विचलित भएकालाइ गाउँमै सुविधा पु¥याएर बसौँबसौँ लाग्ने बनाउने छु: वरिष्ठ नेता पौडेल

२ कात्तिक, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले व्यास नगरपालिका–९ मा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले देशको भविष्य कोर्न आफूले उम्मेदवारी दिएको बताए । जनताले परिवर्तनको अनुभूति हुने गरी काम गर्न बाँकी रहेको उल्लेख गर्दै नेता पौडेलले राष्ट्रलाई सही बाटो देखाउन र सही दिशामा लैजान आफू राजनीतिमा सक्रिय रहेको बताए । गाउँमा रोजगारी र आम्दानीको अवसर गाउँगाउँमा दिलाउन आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारे ।

उनले भने, “सडक, बिजुली, पानी, सञ्चार र पूर्वाधार निर्माणमा लाग्यौँ, हामीले गाउँगाउँमा बाटो पु¥याऔँ, स्कुल पु¥याऔँ तर गाउँ रित्तिदै गएकाले रित्तिनेक्रम रोक्नुपर्छ, अहिलेसम्म गाउँबाट विचलित भएको मनलाई म गाउँमै सेवा र सुविधा पु¥याएर बसौँबसौँ बनाउन लाग्नेछु ।”

देशमा सुशासन ल्याउनका लागि सबैको समर्थन र सहयोग प्राप्त गर्नका लागि, जनताकै सहयोगबाट यो हैसियतमा पुगेको र त्यसलाई निबिर्सिएको नेता पौडेलले बताए । “उत्साह, साथीको भरोसा प्राप्त भएको छ, सहयोग र समर्थनले शक्ति प्राप्त भएको छ”, उनले भने ।