आर्थिक

एन आई सी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

२ कात्तिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाल्नुभएका केशवप्रसाद लम्साल यस एन आई सी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिको आज बसेको ५७१ औं बैंठकले आजैदेखि लागू हुने गरी उनलाई उक्त पदमा नियुक्ती गरेको हो । नवनियुक्त सञ्चालक केशवप्रसाद लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेको नी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए । बैंकको शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा केशवप्रसाद लम्साललाई उनको सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गरेको छ ।