राजनीति

मिश्र आक्रोशित हुँदै भन्छन्ः अपूर्वले माफी मागे, युट्युबबाट कमेडी हटाइसके किन ज्यादती ? अति नगरौँ।

३ कात्तिक, काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अपूर्व क्षितिजले माफी मागि सके, युट्युबबाट कमेडी हटाइसके, तैपनि उनीमाथि यो ज्यादती! अति नगरौँ भनेका छन् ।
बरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमा लेख्दै अपूर्वलाई प्रहरीले पटक पटक पक्राउ गरी दुःख दिएकोमा आपत्ती जनाएका छन् ।
प्रहरीले माफी मगाएर छुटाएपनि पुनः पक्रपछि बिभिन्न प्रतिकृयाहरु आउने क्रममा मिश्रले पक्राउको बिरोध गरेका हुन् ।

उनको सामाजीक सञ्जालमा लेखिएको कुराः

अति नगरौँ!
जातीय भावनारसद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिजको घटना।
जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाति फुलाएर, नेता भएर हिँडेका छन्। अपूर्व क्षितिजले माफी मागि सके। युट्युबबाट कमेडी हटाइसके। तैपनि उनीमाथि यो ज्यादती! अति नगरौँ।
समाज यसरी विग्रियो भने त्यसको रापमा हामीरहाम्रै सन्तान खरानी हुनेछन्, अन्य कयौँ देशमा जस्तै।