राजनीति

हामी माथी मिल्यौं अब तपाईँहरु तल सबै हामीभन्दा बढी मिलेर मतदान गर्नुस्ः प्रधानमन्त्री

४ कात्तिक, पोखरा । नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसमा गुट उपगुट नभई माथी सबै मिलिसकेकाले अव वडासम्म नै सबै मिलेर अगाडी बढ्नुको बिकल्प नभएको बताएका छन् ।
सभापति देउवाले पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिँदै भनेका छन्, “सरकार बने न पालो आउँछ । हामी माथि मिल्यौँ, तल किन मिल्न नहुने ? झन् बढी मिल्नुस् ।”
उाले प्रदेशस्तरीय कार्यकर्ताहरुलाई निर्देशन दिँदै भने, “यहाँ हिजोका कुरा ल्याएर केही पाइनेवाला छैन । हिजोका कुरा सम्झिएर हुनेवाला केही छैन । सबै रिसाएका छन्, गठबन्धन बन्दै गए सबैको पालो आउँछ,”
नेपाली काँग्रेसहित पाँच दलीय गठबन्धन बनेको र उक्त गठबन्धनलाई नहिच्किचाई मतदान गर्नुपर्ने सभापति देउवाको भनाई छ । एउटाकोमात्र बहुमत आउने सम्भावना नभएका कारण बिचार मिल्नेहरुबीच गठबन्धन गरिएको भन्दै सरकार बनेमा सबैको बिस्तारै पालो आउने सभापति देउवाको भनाई छ ।