राजनीति

अहिलेको लडाई स्थायीत्य चाहने काँग्रेस र अस्थिरता चाहनेहरु बीचको होः नेता सिंह

६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पुर्व महामन्त्री एबम् नेता प्रकाश मान सिँहले भ्रष्टाचार निर्मुलु गर्नुु पर्ने नागरिकको चाहाना पूरा गर्ने आफ्नो पहिलो दाहित्व भएको बताएका छन् ।
राजधानीमा आज बिहाबिहान आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिहले उक्त कुरा बताएका छन् । जतासुकै भ्रष्टाचार ब्याप्त छ, कहि सुसासन छैन जहाँ जाउ अस्तब्यस्त छ, अब यसलाई समाधान गर्न नसके झन बिकाराल अवस्था आउने भएकाले मुलुक निर्माणको आफ्नो पहिलो प्राथमिकता भ्रचार नियन्त्रण र सुसान दिलाउनु रहेको बताएका छन् ।
नेता सिहँले प्रसासनिक प्रक्रियामा झनझटिलो छ समयमा कहि काम नहुने, जहाँ सुकै भनसुन चाहिने, यस्तो अवस्थाको अन्त्य गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन्। राजनीतिक अस्थिरताका कारण मुलुकका तमाम समस्या जहाँको त्यहि रहेकाले राजनीति स्थायत्विको जगमा मात्र सुसान र बिकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । उनले यस पटकको निर्वाचन मुलमा राजनीति स्थिरता कायम गराउने र अस्थिरता चाहानेहरु बिचको प्रतिस्पर्धा भएकाले कांग्रेस मात्रै भरपर्दो राजनीतिक पार्टि भएको संकटमा नेतृत्व प्रधान गरेर प्रमाणित गरेकाले अब जनताले काँग्रेसलाई मतदान गर्ने निर्णय गर्ने समय आएको बताएका छन् ।
मुलुकभित्रका पछिला घटना क्रमले युवाहरुमा निरासा छाएकाले युवाहरुमा आसा जगाउन मुलुकभित्र काम गरेर घरपरिवारमा रमाउने वातावरण निर्माण गराउन आवस्यक काम आफुले गरिरहेको समेत बताएका छन् । राजधानी काठमाडौको मुख्य समस्या खानेपानी, फोहोर ब्यवस्थापन, ट्राफिक जाम लगायत न्युनतम आधारभुत समस्याको समाधानका लागि काम गर्ने योजना सहित जनता माझ आईरहेकाले बिबेकपुर्ण निर्णय गर्न आम मतदाताहरुलाई आग्रह समेत गरेका छन् । भ्रष्टाचार निमूल गर्दै सुशासन कायम गर्ने बिधिको साशन आफ्नो पहिलो एजेन्डा रहेको उनको भनाई रहेको छ ।
काठमाडौं क्षेत्र नम्बर १ का काँग्रेस उम्मेद्वार सिंहले अब जनताले देशलाई स्थीतरतातर्फ अगाडी बढाउने कि अस्थिरतातर्फ धकेल्ने भन्ने निर्णय गर्ने बेला मंसिर ४ गतेको निर्बाचन भएको बताए ।