अन्तर्राष्ट्रिय

टिग्रेको सत्तरी प्रतिशत हिस्सा सेनाको नियन्त्रणमा रहेका

२५ कात्तिक, नैरोबी । इथियोपियाली सरकारले युद्धग्रस्त उत्तरी क्षेत्र टिग्रेको ७० प्रतिशत क्षेत्र अब सङ्घीय सेनाको नियन्त्रणमा रहेको शुक्रबार जनाएको छ ।

‘टिग्रेको ७० प्रतिशत इथियोपियाली राष्ट्रिय रक्षाबलअन्तर्गत छ,’ प्रधानमन्त्री अबी अहमदका राष्ट्रिय सुरक्षा सल्लाहकार रेडवान हुसेनले ट्विटरमा भनेका ्न । यस क्षेत्रमा सहायता पठाइँने पनि उनले बताएका छन् ।