अन्तर्राष्ट्रिय

केन्याली शान्ति सैनिक कङ्गो अवतरण

२६ कात्तिक, गोमा । केन्याली सैनिक शनिबार पूर्वीप्रजातान्त्रिक गणतन्त्र कङ्गोको गोमा शहरमा अवतरण गरेका छन् । एएफपी संवाददाताले बताएअनुसार समस्याग्रस्त क्षेत्रमा शान्ति स्थापना गर्ने उद्देश्यले उनीहरू त्यहाँ पुगेको बताइएको छ ।

केन्याको संसद्ले यस हप्ता कङ्गोमा ९०० भन्दाबढी सेना तैनाथ गर्न अनुमोदन गरेको थियो । हाल त्यस क्षेत्रमा एम–२३ विद्रोही समूहको पुनरुत्थानले क्षेत्रीय तनाव बढाएको छ ।