अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्रीद्धारा चीनको प्रशंसा


२४ पुस, पाकिस्तान । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले पाकिस्तानलाई चीनले आर्थिक सहयोग दिएकोमा प्रशंसा गरे ।पाकिस्तानमा गत वर्ष गएको बाढी पहिरोका कारण क्षति भएको र त्यस क्रममा चीनले पाकिस्तानलाई सहयोग उपलब्ध गराएको थियो ।

चीनले पाकिस्तानलाई उपलब्ध गराएको खाद्यान्न हस्तान्तरणका लागि इस्लामावादमा आयोजना गरिएको एक कार्यक्रममा उनले सो कुरा बताए । चीनले पाकिस्तानका बाढी प्रभावित नागरिकलाई सहयोग उपलब्ध गराउँदै आएको छ । सो क्षेत्रका नागरिकलाई चीनले खाद्यान्न, लत्ताकपडा आदि उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष आएको बाढीले पाकिस्तानमा ठूलो क्षति पुगेको थियो । बाढीका कारण हजारौँ नागरिक विस्थापित भएका थिए ।अहिले पनि ती नागरिकलाई सहयाताको खाँचो रहेको पाकिस्तानले जनाएको छ । चीनले पाकिस्तानलाई गतवर्षदेखि नै सहयोग गर्दै आएको छ ।