राजनीति

कृष्ण महराले पार्टी एकताका विषयमा छुट्टै प्रतिवेदन पेस गर्ने

काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष एवं वार्ता टाेलीका संयोजक कृष्णबहादुर महराले स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेस गर्ने भएका छन् । उपाध्यक्ष महराले पार्टी एकताका विषयमा विभिन्न शक्तिसँग भएको प्रगतिका विषयमा बैठकमा पेस गर्ने एक नेताले जानकारी दिए ।

माओवादी स्थायी समिति बैठक बिहीबारदेखि बैठक चलिरहेको छ । माओवादी पदाधिकारी बैठकले गत पुस २३ गते महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । जसको सदस्यमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत रहेका छन् ।