राजनीति

को बन्छ भने कुरा अहिल्यै तय भएको छैन तर रनष्ट्रपति पदमा राष्ट्रिय समती कायम हुनुपर्छः डा भट्टराई

१४ माघ, गोरखा । पूर्व प्रधानमन्त्री डान बाबुराम भट्टराईले देशमा राष्ट्रिय सहमती आवश्यक रहेको बताएका छन् ।
गृहजील्ला गोरखा आएका डा भट्टराईले राष्ट्रपतिजस्तो गरिमामय पदमा काँग्रेसहितका मुख्यदलहरुबीच सहमती हुँदा राम्रो हुने बताएका छन् ।
पत्रकारहरुले तपाईलाई राष्ट्रपतिको उम्मेद्वारको रुपमा अघि सारिएको छ नि भन्ने सोधेको प्रश्नको जवाफमा आफुलाई राष्ट्रपति हुनका लागि शुभेच्छुकले माया गरेपनि त्यसका लागि अहिले नै भन्न नसकिने उत्तर दिएका छन् ।
उनले भने, ‘सकेसम्म सरकार निर्माणलगायतका विषयमा ५ वर्ष राष्टिय सहमति गरेर जाऔँ, नभए कम से कम देशको अभिभावकका रूपमा परिकल्पना गरिएको राष्टपति सर्वसम्मतिले गरौँ भन्ने बहस चलिरहेको छ, त्यसमा को व्यक्तिमा सहमति बन्छ अहिलै भन्न सकिने अवस्था चाहिँ छैन ।’
डा भट्टराईले ‘संवेदनशील मुद्दामा ध्यान पु¥याउन नसक्नु हाम्रो सामूहिक असफलता पनि हो।’ भनेका छन् । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलपनि राष्ट्रपतिमा सहमती हुनुपर्छ भनिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दहालका निकट रहेका डा भट्टराईको भनाई अर्थपूर्ण रहेको छ ।