राजनीति

रबि पुनः बने रास्वपाको सभापति, अब उपप्रधान र गृहमन्त्री पनि बन्ने संकेत

१५ माघ, काठमाडौं । रास्वपाको सभापतिमा रबि लामिछाने चयन भएका छन् । नागरीकता बिबादमा उनको सर्बोच्च अदालतमा परेको मुद्धामा साँसदमा बिजयी भएपनि उम्मेद्वार हुन योग्यता नै नपुगेको भन्दै अदालतले साँसद पद खारेज गरिदिएपछि उपप्रधान एबम् गृहमन्त्री, साँसद र रास्वपाको सभापति खारेज भएको थियो ।
उक्त सभापतिमा आज जिल्ला प्रशासन कार्यालयबाट नागरीकता लिएपनि पुनः केन्द्रीय समितिको बैठकको निर्णयले बनेपनि साँसदका लागि उपनिर्बाचनमा पुनः जनताको मतले बिजय हुनुपर्ने हुन्छ ।
उपप्रधान एबम् गृहमन्त्री पदमा भने संसदबिहीन बनेका लामिछानेलाई बनाउने वा नबनाउने सत्ता गठबनधनले निर्णय नगरेपनि रास्वपाले आफ्नो दाबी छाडेको छैन । रास्वपाले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरीने संकेत गरिसकेको छ भने अन्य गठबन्धनका केही नेताहरुले गृहमन्त्रालय दिने भनेका छन् ।
अब राष्ट्रपति निर्बाचन आईसकेकाले त्यसलाई प्रभावमा पर्न नदिन गठबन्धनले तलमाथी नगर्ला भन्ने रास्वपाको बुझाई छ । साासद नभएपनि छ महिनाका लागि गृहमन्त्रालय सम्हाल्न पाईने संबैधानिक ब्यवस्थाअनुसार रबि लामिछाने मन्त्री बन्न सक्छन् ।