समाचार

माओवादीले बोलायो पदाधिकारी बैठक, गृह मन्त्रालयबारे छलफल हुने

काठमाडौं । माओवादी केन्द्रले पार्टी पदाधिकारी बैठक बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि पूर्वनिर्धारित स्थायी कमिटी बैठक मंगलबारलाई सारेर पदाधिकारी बैठक बोलाएका हुन ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने एक नेताले जानकारी दिए । बैठकमा संगठनात्मक विषयमा छलफल हुनेछ । तर आजको बैठकमा संगठनात्मक र कार्यविभाजन बाहेक अन्य समसामयिक विषयमा समेत छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

एक नेताका अनुसार पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे समेत छलफल हुनेछ । यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए ।