राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सोमबार दिउँसो भएको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाएको छ । माओवादीले स्थायी समिति बैठक स्थगित गरेर पदाधिकारी बैठक बोलाएको हो।

बैठकमा गृह मन्त्रालयबारे पनि छलफल हुने एक नेताले बताए । माओवादीले नै गृह मन्त्रालय राख्ने गरी छलफल भइरहेका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।