काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याललाई बनाउने तयारी गरेको छ । सत्ता साझेदार दल माओवादी र नेकपा एमालेबीच राष्ट्रिय सभाको उपाध्यक्ष माओवादीले लिने सहमति छ ।
सहमतिअनुसार माओवादीले अर्याललाई अगाडि सारेको हो । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्याललाई मन्त्री बन्न प्रस्ताव गरे पनि उनले अस्वीकार गरेको स्रोतले बतायो । त्यसपछि प्रचण्डले नै अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको जिम्मेवार लिन आग्रह गरेका छन् ।
उपराष्ट्रपति माग्दै आएको जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय सभाको उपाध्यक्ष लिएर सरकारमा सहभागी हुन तयार भए छोडिने पनि नेताहरु बताउँछन् । अन्यथा सत्ता साझेदार दलहरुको तर्फबाट अर्याल नै राष्ट्रिय सभाको उम्मेदवार बन्ने छन् ।
राष्ट्रिय सभाको उपाध्यक्षका लागि माघ २२ गते मनोनयन दर्ताको समय छ ।





