समाचार

राष्ट्रिय योजना आयोगमा सशील, अञ्जान र कुशेन्द्र नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा ३ सदस्य नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

ज्ञवाली पुनःनिर्माण प्राधिकरणका तत्कालीन सीईओ थिए भने शाक्य पूर्व राजदूत हुन् । उनीहरू एमालेको कोटाबाट राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका हुन् । महत यसअघि कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहका सदस्य थिए ।

सरकारले यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।