मनोरञ्जन

सपन र लक्ष्मीको आइटम ‘आउ सँगै झुमी नाचौँ’ सार्वजनिक (भिडियो)

काठमाडौं । गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालले आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक गरेका छन् । लक्ष्मी हमालको शब्द ,सगीत र राहुल प्रधानको एरेन्ज रहेको गीतको आइतबार काठमाडौमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

पछिलो समयका ब्यस्त मोडेल सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्यको लिडरोल रहेको गीतको म्युजिक भिडियोलाइ सपन श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

अहिले युवा पुस्तामा वितृष्णा एवं नैराश्यता बढिरहेको यस्तो बेलामा गीत संगीतका माध्यमबाट सकारात्मक ऊर्जा दिने काम गरिनु पर्छ भनेर सँगैसँगै रमाऔँ, आपसी प्रेम तथा सद्भाव बढाऔँ भन्ने मूल भाव बोकेको गीत ल्याएको गायक श्रेष्ठले जानकारी दिए ।

हेर्नुहोस भिडियो :