समाचार

माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी र स्थायी समिति बैठक स्थगित भएको छ । माओवादीले नेताहरुको कार्यविभाजनबारे निर्णय गर्न बुधबार १२ बजे पदाधिकारी र १ बजे स्थायी समितिको बैठक बोलाइएको थियो ।

संसद बैठकका कारण पार्टीका बैठक स्थगित भएको एक नेताले जानकारी दिए । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ । पदाधिकारी बैठक नबस्ने र स्थायी समितिको बैठक भने भोलि ११ बजे बस्ने जनाएको छ ।