पु.समाचार

संसदमा गगनको प्रश्न- बैंकको ऋणले थिचिएका साना व्यापारीहरुलाई कहिलेसम्म झुलाउने हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बैंकको ऋणले थिचिएका साना व्यापारीहरुलाई जोगाउन सरकारले दिनुपर्ने रकम तत्काल दिन आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले भने, ‘सयौंको संख्याका किसानहरु दैनिक रुपमा मन्त्रालय धाइरहेका छन् । उनीहरु त्यहाँ पुग्छन, कराउछन् । तिनै किसानहरुले बैंकबाट ऋण लिएर साना-साना कुखुरा फारम चलाईरहेका छन् । बर्डफ्लुको जोखिम न्यूनीकरणको लागि सरकारले नष्ट गरियो ।’

उनले सरकारले किसानहरुलाई दिन पर्ने रकम ५८ करोड रहेको बताए । उनले थपे, ‘सरकारले किसानलाई दिन ५८ करोड छ। सरकार दिन्न भन्दैन । तर झुलाई रहन्छ। ऋणले थिचिएका साना किसानहरुलाई तत्काल रकम दिनुपर्छ ।’