समाचार

दोलखाका गाउँमा बाँदरले उठिबास लगायो : सांसद रिजाल

काठमाडौँ । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले दोलखाका गाउँमा बाँदरले उठिबास लगाएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद रिजालले बाँदरको बढ्दा मान्छेको उठीबास लगाएको भन्दै क्षतिको अध्ययन गर्ने र राहतको व्यवस्था गर्न माग गरेका छन् ।

‘दोलखामा बाँदरको प्रकोप बढेको छ । मान्छेहरूले कमाइ खेती छोडेका छन् । त्यहीकारण बसाइँसराइ बढिरहेको छ,’ उनले अघि भने, ‘बाँदरको साम्राज्य बढ्दा खेती कमाइ गरिखाने किसानको उठिबास लागेको छ । यसबारे सरकारले एउटा अध्ययन टोली बनाओस्, क्षतिको मूल्यांकन गरेर राहतको व्यवस्था गरोस् । संविधानले व्यवस्था गरेको खाद्य अधिकार र बाली बिमाको व्यवस्था गरियोस् ।’