राजनीति

जनक शिक्षा सामग्री केन्द्रमा अनेरास्ववियूको घेराउ

काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले जनक शिक्षा सामाग्री केन्द्रमा घेराउ गरेको छ ।

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी छापाखानालाई छाप्न दिने शिक्षा मन्त्रालयको निर्णयको विरोध गर्दै अनेरास्ववियूले जनक शिक्षामा घेराउ गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २९ गते समयमा बालबालिकाको हातमा पाठ्यपुस्तक पुर्‍याउन भन्दै १ देखि ५ सम्मको पाठ्यपुस्तक निजीलाई छाप्न दिने निर्णय गरेको थियो । मन्त्रालयको यो निर्णयलाई अनेरास्ववियूले विरोध गर्दै आएको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्रभित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजी छापाखानालाई पाठ्यसामग्री छाप्न दिइएको जिकिर गरे । उनले भने ‘सबै पाठ्यसामग्री जनक शिक्षा सामग्री केन्द्रले नै छाप्नुपर्छ र शैक्षिक सामग्री समयमै पुर्‍याउनुपर्छ ।’

साथै शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियुले नसहने, त्यस्ता भ्रष्टाचारविरुद्ध कडा प्रतिवाद गर्ने बताए ।