राजनीति

ऋणबाट पिल्सिएका किसान बाँदरको कारण अप्ठेरोमा : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ऋण, सिँचाइ, मलबीउको अभावबाट पिल्सिएका किसान बनेका बाँदरको कारण अप्ठेरोमा परेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले भने, ‘ग्रामीण भेगमा एउटी बूढीआमा कसौँडीमा भात पकाउँछिन् त्यो पनि बाँदरले लुटेर लगिदिन्छ । यो अवस्था छ ग्रामीण किसानको ।’

उनले अघि भने, ‘त्यतिमात्र होइन यो बाँदर प्रवृत्ति राज्यका चारै अङ्गतिर फैलिएको छ । यसलाई सजकतापूर्वक कसरी रोकथाम गर्ने हो सरकारको ध्यान आकर्षण होस् ।’

त्यस्तै, एमाले सांसद सांसद इश्वरी रिजालले दोलखामा बाँदरको प्रकोपका कारण मानिसहरू खेती छाडेर बसाइँ सर्नुपरेको बताएका छन् । बाँदरको साम्राज्य बढेको भन्दै उनले सरकारसँग बाँदरको नियन्त्रणका लागि अध्ययन टोली बनाउन माग गरे ।

उनले भने ‘हामी कृषिमा आत्मनिर्भर हुने कुरा गर्छौं तर बाँदरले उठीबास लाएको छ, ने अब एउटा अध्ययन टोली बनाइयोस् र संविधानको भाग ३ को ३६ खाद्य अधिकारको सुरक्षाको निम्ति बाली बीमाको सुनिश्चितता गरियोस् ।’