आर्थिक

कामना सेवा विकास बैंकका सिइओसहित चार जना पक्राउ

काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जना पक्राउ परेका छन् ।

दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा सिइओ बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

हरेन्द्र र चन्द्रबहादुर ऋणी हुन् । प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ ।

उनीहरूले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भए/नभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो । ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थि ए।