आर्थिक

‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ माघ १३ गते ‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ ।

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा संचालनमा रहेका बैंकका १५० भन्दा धेरै व्यवसायिक साझेदारहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

‘डिजिटल नेपाल फ्रेमवर्क’ र विश्व बजारमा भइरहेका सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फष्ट बैंक’ बन्ने यस बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरुले देखाउनु भएको उत्साहजनक सहभागिता, सहकार्य र योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै सहयात्रालाई पुर्नताजगी गर्ने हेतुले ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ्ग यूनिर्भस प्रमुख श्याम प्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आइरहेको विभिन्न डिजिटल सेवाहरु तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाहरुको बारेमा जानकारी गराए ।

साथै, यस प्रकारको कार्यक्रमहरु आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना रहेको छ । हालसम्म २१ लाख बढी मोबाइल बैंकिङ्ग ग्राहक, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, २ लाख बढी क्युआर मर्चेन्ट, ४ हजार बढी पीओएस मर्चेन्ट तथा ३०० बढी ई–कमर्श मर्चेन्टहरुको साथै विभिन्न भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरुले बैंकसँग सहकार्य गरेको छ ।