१९ माघ, काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला पौडेल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेका छन् ।
परराष्ट्र मन्त्री पौडेललाई बन्दरानाइके इन्टरनेश्नल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्नेछन् । मन्त्री पौडेल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुने छन् ।
यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तया भएको छ । मन्त्री पौडेलले भोली शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि शिस्टाचार भेटवार्ता गर्ने कार्यक्रम तया भएको छ ।
मन्त्री पौडेल माघ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।





