१९ माघ, बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गृहमन्त्री दिन कुनै समस्या नभएको टिप्पणी गरेका छन् ।
बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले रास्वपाले गृहमन्त्रालय पाउने बताए । उनले पूर्व सहमतिअनुसार नै रास्वपाले सो मन्त्रालय पाउनुपर्ने बताएका हुन् ।
त्यस्तै, अध्यक्ष ओलीले यस विषयमा आफू र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सहमति रहेको समेत बताए । उनले रास्वपाले गृहमन्त्रालय पाएपछि मन्त्री कसलाई बनाउने भन्ने सो पार्टीको जिम्मा रहेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले ‘अदालतको पूर्णपाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नू भएको छ नि’ भन्ने प्रश्नमा अध्यक्ष ओलीले यसमा पूर्णपाठ नचाहिने भन्दै भने, ‘पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ?’





