आर्थिक

साओमीका उत्पादनहरु सुन्य प्रतिशत इएमआइमा

१९ माघ, काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले आफ्नो उत्पादनहरु शुन्य प्रतिशत इएमआइमा प्रदान गर्ने भएको छ । कम्पनीले नबिल बैंक सँगको सहकार्यमा आफ्ना साओमी, पोको र रेडमीका स्मार्टफोन, टिभि लगायत ल्याप्टपमा इएमआइ सुविधा दिने भएको हो ।

अफर लन्चको बारेमा बोल्दै साओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पन्डाले भने, ‘हाम्रा उत्पादनहरुलाई अत्यन्तै रुचाउनुहुने हाम्रा मी फ्यानहरुसँग मिलेर हामीले यो वर्षको शुरुवात गर्ने सोचेका छौँ । मीले नेपालमा पहिलो पल्ट यस्तो सुन्य प्रतिशत इएमआइको सुविधा ल्याएको हो ।’

देशलाई अझै डिजीटल्ली कनेक्ट गर्ने उद्धेश्य सहित, बिना कुनै आर्थिक झन्झट बिना लेटेस्ट साओमी, पोको र रेडमी उत्पादनहरु प्रयोग गर्ने उपभोक्ताहरुको चाहनालाई सम्बोधन गर्नको लागि हामीले यो अफर ल्याएको जनाएको छ । यो अफरसँगै बढी भन्दा बढी उपभोक्ताहरुले सहज र सरल तरिकाले हाम्रो उत्पादनहरु प्रयोग गर्न पाउनुहुनेछ ।

यो सँगै अब उपभोक्ताहरुले साओमी, पोको र रेडमि का टिभि, ल्याप्टप, लगायत स्मार्टफोनमा ०% इएमआइको सुविधा सँगै आफुलाई डिजिटल्ली अपडेटेड राख्न सक्नेछन । यो अफर नबिल बैंकको क्रेडिट कार्ड मार्फत खरिद गर्दा ६ महिना सम्मको लागि लागु हुनेछ । त्यस्तै नयाँँ क्रेडिट कार्ड प्रयोगकर्ताहरुको लागि पहिलो वर्षको वार्षिक शुल्क पनि मिनाहा गरिएको छ ।