१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
रास्वपाले बैठकमा मन्त्रीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको थियो । रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की छन् ।
पार्टी सभापति रवि लामिछाको नागरिकता विवादका कारण सर्वोच्च अदालतले अनागरिक ठहर गर्दै उपप्रधान एवम गृहमन्त्रीसहित सांसद पद नै खारेज गरेको हो ।
त्यसपछि रविले पुन: आइतबार नेपाली नागरिकता लिएका थिए। त्यस लगत्तै उनी पुन: गृहमन्त्री बन्ने तयारीमा जुटेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहालले गृह दिन नचाहेपछि रास्वपा सरकारबाट बाहिरिने संकेत गरेको छ ।
केन्द्रीय समिति बैठकले सरकारमा सहभागी भइरहने वा बाहिरिने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।





