काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने स्थिति बनेको बताएका छन् ।
अध्यक्ष दाहालले बिहीबार पार्टी कार्यालयमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि सरकारबाटै बाहिरिनेसम्मको परिस्थिति बनेको बताएका हुन् ।
उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारबाटै बाहिरिने स्थिति छ ।’ आज धेरै छलफल गर्न सक्ने अवस्था नरहेकाले बैठक लामो नगर्न प्रचण्डले भनेपछि केहीबेर बसेर भोलिका लागि अर्को बैठक तय गरिएको एक नेताले जानकारी दिए । बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ ।
गृह मन्त्रालय नपाउने भएपछि रास्वपा सरकारबाट बाहिरिने संकेत गरेको छ । सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिन रास्वपाको बैठक पनि बिहीबार बसिरहेको छ ।





