खेलकुद

पूर्व कप्तान सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा

काठमाडौं । पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएका छन् । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेका लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

लामिछानेलाई राष्ट्रिय टिममा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो । टिममा सन्दीपको आवश्यकता देखेर नेपालमा हुने आसन्न चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेलका लागि टिममा समावेश गर्ने निर्णय भएको समितिले जनाएको छ ।

छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । र उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास गरेका छन् ।

नाबालिग बलात्कार आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो ।