राजनीति

सरकार छाड्ने सत्तारुढ दललाई रविको सन्देश

१९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्तारुढ दलका नेताहरुलाई सरकार छाड्ने संदेश दिएका छन् ।

उनले बिहिबार साझ केन्द्रीय समिति बैठक बस्नुअघि सत्तारुढ दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्ग्देललाई फोन गर्दै आज सरकार छाड्ने तयारी रहेको जानकारी गराएका थिए ।

अध्यक्ष लिङ्ग्देलले पार्टीको बैठकमा रविले सरकार छाड्ने जानकारी गराएको बताए । सर्वोच्च अदालतले नागरिकता विवादमा रविलाई अनागरिक ठहर गर्दै उपप्रधान एवम गृहमन्त्रीसहित सांसद पद खारेज गरेको हो ।

त्यसपछि उनले पुन: नागरिकता लिइसकेका छन् । रवि गैर सांसदको रुपमा पुन: गृह मन्त्रालय फर्किने तयारीमा जुटेका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय नदिने अडान लिएपछि रास्वपाले सरकार छाड्ने चेतावनी दिएको छ ।