२० माघ, काठमाडौं । नेपाली काँग्रेस संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल भएपनि सरकारबाहीर हुँदा त्यसको सबैभन्दा बढी पींडा सभापति शेरबहादुर देउवालाई नै छ । संसदीय दलको नेतासमेत भएकाले पुरानो गठबन्धन दलका तर्फबाट देउवानै प्रधानमन्त्रीका मुख्य दाबेदार थिए ।
काँग्रेस सभापति शेरबहादुर देउवा ठूलो पार्टीको हैशियतले होस् या बहुमत जुटाएर होस् प्रधानमन्त्री बन्ने निश्चित भएका बेला एकाएक नेकपा एमाले, माओबादी केन्द्र, रास्वपा, राप्रपालगायतका सात् दलको अर्को गठबन्ध बन्यो र त्यसबाट प्रधानमन्त्री बने माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ।
त्यस्तै नयाँ अनुहारको रुपमा रास्वपाका सभापति रबि लामिछाने उपप्रधान एबम् गृहमन्त्री बन्न सफल भए भने राप्रपा अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान एबम् उर्जामन्त्री बने । यस्तै केही नयाँ र केही पुराना खनुहारका साँसदहरुको सरकार बन्यो । सरकारको सहयात्री दल रास्वपाका सभापति रबि लामिछानेको नागरीकता बिबादको फैसलाले रबि लामिछानेको सबै पद गुमाईदियो । नागरीकता लिएपछि लामिछाने रास्वपाको सभापति त बने तर साँसद बन्न मिलेन जसका कारण उपप्रधान एबम् गृहमन्त्री बनाउन प्रधानमन्त्री दहाललाई सहज भएन ।
नयाँ सात दलीय गठबन्धनका तर्फबाट प्रधत्रानमन्त्री बनेका अध्यक्ष दहाललाई बारम्बार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै जीम्मेवारी दिन दबाब दिएपनि पधानमन्त्री दहालले मानेका छैनन्, पूर्वसहमतीअनुसार नगएमा प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने धम्कीसहित रास्वपाले दुईदिनको अल्टिमेटम दिईसकेको छ ।
एमाले, माओबादी केन्द्र र रास्वपाबीच एकअर्कामा राजनीतिक अबिश्वास कामयम देखिएकोले सात दलीय गठबन्धन धरापमा पर्दै गएको छ भने कतिबेला गठबन्धन फुट्छ र सके रासष्ट्रपति नसके प्रधानमन्त्रीसहित महत्वपूर्ण पदहरु उम्काउन माओबादी अध्यक्ष पुष्पकमल दहाललाई पुरानै पाँच दलीय गठबन्धनमा फर्काउन सकिन्छ भनेर प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको काँग्रेस चियाईरहेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा र माओबादी अध्यक्ष पुष्पकमल दहालको सम्बन्ध धेरै बिग्रिसकेको छैैन, माओबादी अध्यक्ष दहालले पाँचदलीय गठबन्धनलाई धोका दिएको दुनियाँले देखेको भएपनि काँग्रेससँग माओबादीलाई नचिढ्याई आफ्नो समर्थनमा नल्याए पाँच बर्ष काँग्रेस प्रतिपक्षमा बस्नैपर्ने छ, त्यो बुझेकाले अध्यक्ष दहाललाई प्रधानमन्त्रीमा बिश्वासको मतसमेत काँग्रेसले दिएर अध्यक्ष दहालको मन जितेको छ । त्यही कारण अध्यक्ष दहाल जतिबेलापनि राष्ट्रपतिमा सहमती हुनुपर्छ भनि कराईरहेका छन्, अर्को कुरापनि लुकाउनुहुन्न जसरी पुष्पकमल दहालसँग शेरबहादुरको सम्बन्ध बिग्रेको छैन, अन्तिमसम्म प्रयत्न गर्दापनि माओबादीले देउवालाई साथ नदिए देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न सक्दैनन् भन्ने छैन, त्यो कुरा माओबादी अध्यक्ष दहालले मजाले बुझेका छन् ।
अध्यक्ष दहालले काँग्रेसलाई देखाएर एमालेलाई तर्साईरहेका छन् भने एमालेलाई देखाएर कँँग्रेसलाई तर बर्तमान गठबन्धन भत्किएमा बल्ल बल्ल बनेको केपी र पुष्पकमलको राजनीतिक सम्बन्ध पुरानो गठबन्धनलाई ब्यूंत्याउनेतर्फ अगाडी बढ्न सक्छ । देउवाले सबै राजनीति बुझेका छन्, अध्यक्ष दहालले पछिल्लो समयमा रास्वपा वा एमाले अध्यक्ष ओलीसँग काम गर्न अप्ठ्यारोसमेत महशुस गरेका छन्, देउवा वा काँग्रेसँग जति सजिलो हुन्छ काम गर्न ओलीसँग त्यती सजिलो हुन्न भन्ने उनलाई थाहा छ ।
अब रास्वपाले दिएको दुईदिनको म्यादमा सरकारले के गर्छ ? रास्वपाले दुईदिनपछि बैठकबाट कस्ता निर्णय गराउँछ त्यो हेर्न बाँकी छ, त्यसपछि राजनीतिक कोर्ष परिवर्तन हुनसक्नेसंकेत भने अहिलेका पछिल्ला राजनीतिक घटनाक्रमहरुले देखाईसकेका छन् । अध्यक्ष दहाल ढुक्क हुन सक्छन्, एमालेलगायतले सहयोग नगरे काँग्रेसले आफुलाई समर्थन गर्छ र म प्रधानमन्त्री रहिरहन्छु, यो सत्य पनि हुनसक्छ । तर काँग्रेसले पछिल्ला समयमा गरेका राजनीतिक कार्यहरुभने चित्ताबुझ्दा र सरकाकारमा जानेखाल्का भने देखिएका छैनन्, कतिबेला सरकारमा बिबाद आएर ढ्ल्छ र खाउँला भनेर रमिता हेरेर मात्र बसेको देखिन्छ । सहमतीमा अगाडी बढ्नुपर्ने कुरा उठीरहेपनि त्यो सभ्भावना भने देखिन्न । राजनीति सम्भावनाको खेल हो, जेपनि हुनसक्छ तर यस्तै खिचातानी सत्तारुढ सात दलभित्र रहिरहने हो भने पुरानै गठबन्धन ब्यूतिएर होस् वा जसरी होस् छिट्टेै काँग्रेसले सरकार बनाउने संकेत बुझ्दा गलत नहोला ।





