राजनीति

सरकारमा एक्लिदै प्रचण्ड, सत्ता समिकरण फेरिने संकेत, अब रबिको निर्णय के ?

माघ २१, काठमाडौँ । सत्तारुढदल राष्ट्रीय स्वतन्त्र पार्टीेले प्रधानमन्त्री पुष्प कमल दाहाललाई दिएको २ दिने अल्टीमेटम सहितको समय आज सकिदै छ ।

रबि लामिछानेको नेतृत्वमा सरकारमा सहभगी भएका राष्ट्रीय स्वतन्त्र पार्टीकाले गत विहिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसी प्रधानमन्त्री पुष्प कमल दाहाललाई आफ्नो पार्टीको माग पुरा गर्न दिएको २ दिनको समय आज सकिदै छ ।

गृहमन्त्रालयको जिम्मेवारी सहित सरकारमा सहभागी भएका राष्ट्रय स्वतन्त्र पार्टीका सभापती रबि लामिछाने विरुद्ध सर्वोच्च अदालतको निर्णय पछि सभापती लामिछानेले गृहमन्त्रीबाट राजिनामा दीएका थिए । तर लामिछानेले पुनः नागरिकता प्राप्त गरेपछि रास्वपाले गृहमन्त्रालय पुनः रास्वपालाई पाउँनु पर्ने माग सरकारलाई राखेकोमा प्रधानमन्त्रीले गृह दिन आनकानि गर्दै आए पछि रास्वपाले काउन्टरमा केन्दीय समितिको बैठक बोलाएको थियो ।

तर बैठकमा प्रधानमन्त्री समेतले फोन गरेर केही समय मागेको भन्दै २ दिनको समय दिएको र २ दिन पछि फेरी बैठक बसी जुनसुकै निर्णय लिनसक्ने रास्वपाका प्रवाक्ताले जानकारी गराइएका थिए । राष्ट्रीय स्वतन्त्र पार्टीले दिएको समय सकिसक्दा यो समचार तयार गर्दा सम्मा गृह र रास्वपाको बिषयमा कुनै निर्णय वा बैठक भएको छैन ।

रास्वपाले बैठक बसी दिएको काउन्टरमा प्रधानमन्त्रीको मौँनताले सरकारमा नयाँ समिकारण बन्दै छकी भन्ने चर्चा चलेको छ । जासरी पनि गृहको नेतृत्व गर्न चाहाने रबिको अडान र चौतर्फी घेरामा रहेको प्रधानमन्त्रीका मौँनताले राष्ट्रीय राजनिति थप रोचक बन्दै गईरहेको छ । यत राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा राजनितिक दलहरुको सक्रीयता उत्तीकै छ । राष्ट्रपतिमा नेपाली काँग्रेस र नेकपा एमालेको प्रतिष्पर्धा हुने देखिन्छ ।

त्यसको लागि दुबै दलले आ–आफ्नो कसरत सुुरुगरेका छन् । काँग्रेसले सत्ता घटक भन्दा बाहिरका राजनितिक दलहरुसगँ छलफल थालेका छन् भने एमालेले रास्वपाका सभापती रबि लामिछानेलाई रिझाउन तिर लागेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले रबिलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री लाई दवाब दिइरहेको छ । यत रबि एमालेको साथ लिएर पुनः गृहको नेतृत्व लिने दाउमा छ । यसरी सबैदलले आ–आफ्नो अडान नछोड्ने हो भने पदको लागि सरकार ढाल्ने निष्चित छ ।