राजनीति

कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु

२१ माघ, काठमाडौं । सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बैठक बसेको हो । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ ।

बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी भएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।